Fast Nepal News

चलचित्र डिग्री माइला चैत ३० देखि नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा

banner single news

चलचित्र डिग्री माइला चैत ३० अर्थात अप्रिल १२ देखि नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि प्रदर्शनमा आउने भएको छ ।

रामबाबु गुरुङद्धारा निर्देशित यस चलचित्र अष्ट्रेलियाको प्रमुख शहरहरू सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ। त्यस्तै अमेरिकामा भने ४० भन्दा बढी सहरमा ४ सय शोहरु हुनेछ । डायस्पोरामा प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले लिएको छ ।

Inside Article Ads

यस चलचित्रमा नायिका आँचल शर्मा र नायक दयाहाङ राईको जोडीलाई देख्न सकिनेछ। चलचित्रमा अन्य कलाकारहरु विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमुख भूमिका रहेको छ । सुस्मा फिल्मस्सँगको सहकार्यमा बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ भने कार्यकारी निर्माताका रुपमा क्रिश लामा हून् ।

Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.