Fast Nepal News

येचु हेयर आयलको प्रस्तुती ‘के टाउन रनवे-२०२४’ को प्रथम अडिसन सम्पन्न फोटो (फिचरसहित)

banner single news

काठमाण्डौं । यचु हेयर आयल प्रस्तुतकर्ता रहेको ‘के टाउन रनवे -२०२४’ को प्रथम अडिसन सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सीको आयोजनामा काठमाण्डौंको ठमेल स्थित छायाँ सेन्टरमा रहेको क्लव प्ले ब्वाईमा शनिवार उक्त अडिसन सम्पन्न भएको हो । बरिष्ठ संचारकर्मी सरोज ओझा, बरिष्ठ सौन्दर्यविद् रुष्का वैद्य श्रेष्ठ, यचु हेयर आयलका सिईओ उज्जवल मानन्धर, फेसन डिजाईनर दुर्गा विष्ट र फेटोग्राफर पविन्द्र श्रेष्ठ निर्णायक रहनु भएको उक्त अडिसनमा कुल २३ मोडलहरु सहभागी थिए । सहभागी मोडलहरुले र्याम्प वाकसहित अडिसन दिएका छन् । मोडलिङ्ग क्षेत्रमा नाम कमाएका मोडलहरु समेतले अडिसनमा भाग लिएको जानकारी दिदै निर्णायक सरोज ओझाले भन्नुभयो ‘र्याम्प वाक, प्रस्तुती र व्यक्तित्वका आधारमा अडिसनबाट अर्को चरणका लागि प्रतिस्पर्धीहरु छानिएको छ’।

के टाउन रनवे २०२४ को दोस्रो अडिसन आउँदो शनिवार हुँदैछ । उक्त फेसन शोमा नेपाल मै उत्पदित येचु हेयर तेल र जोय कस्मेटिकका ब्रान्डसँगै क्यास्तोलो पश्मिनाको डिजाइन प्रस्तुती राख्नेगरि यो कार्यक्रम १४फ्रबुअरीको रात्रिकालमा गरिने एल एण्ड एन मोडल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले जानकारी दिनुभयो । प्रतियोगितामा मोडलहरु र्याम्पमा उत्रिएर प्रस्तुत हुने उहाँले बताउनुभयो । यचु हेयर आयलको प्रस्तुतीमा आयोजित यस प्रतियोगिताको अफिसियल ब्राण्ड पार्टनरमा जोय कस्मेटिक नेपाल , ईभेण्ट पार्टनरमा क्लव प्ले ब्वाई र सहयोगी साझेदारमा क्यास्तोलो पश्मिना रहेका छन् ।

के टाउन रनवेको आयोजक कंपनी एल एण्ड एन मोडल एजेन्सीले नेपालमा अन्तराष्ट्रि«य स्तरका कार्यक्रम पस्कदै आएको छ । एल एण्ड एनले दुई महिना अघि मात्रै भारतको चर्चित रियालिटी शो सा रे गा मा प २००३ ,स्टार प्लस म्युजिक का माहामुकाब्ला २००७ र इन्डियन आइडल २०२३ एवम् बलिउडमा दर्जनौ भन्दा बढी गित संगीत दिएका चर्चित गायक बिनित सिंहलाई नेपाल झिकाएर कार्यक्रम गरेको थियो । त्यसअघि यस एजेन्सीले नेपालमै बम्बे भाईकिङ्ग, तेरा भाई जेड बि आदी स्तरिय कार्यक्रम पस्किसकेको छ भने हालसम्ममा दर्जनौं ईभेण्टहरुको सफल आयोजना गरेकोे छ।

Inside Article Ads

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.