Fast Nepal News

टप राजधानी रोधी क्लब दोस्रो वर्षमा प्रवेश, बिबिध सांगीतिक कार्यक्रम आयोजना

banner single news

ठमेल । मौलिक लोकदोहोरी क्षेत्र र लोकसंगीतको जर्गेना गर्दै छोटो समयमै सबैको मन जित्न सफल टप राजधानी रोधी क्लब प्रालिले आफ्नो स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कल्बले बिबिध सांगीतिक कार्यक्रम सहित आफ्नो बार्षिकोत्सब मनाउँदै छ ।

काठमाडौंको मुटु मानिने पर्यटकीय गन्तव्य ठमेल स्थित टप राजधानी रोधी क्लबले आज मंसिर २५ गते देखी २७ सम्म साझँ ७ बजे देखी बिहान ३ बजे सम्म तीन दिन वार्षिकोत्सव २०८० मनाउन लागेको हो ।

बार्षिकोत्सबमा चर्चित राष्ट्रिय स्तरका कलाकारहरूसंगै हास्यकलाकार ,मोडल तथा नृत्याङगनाहरूको बिशेश प्रस्तुति रहने कल्बका सञ्चालक बहुचर्चित गायक प्रकाश कटुवालले जानकारी दिनुभयो ।

Inside Article Ads

नेपाली गीत संगीतका माध्यमबाट दर्शकहरुलाई मनोरञ्जन दिदैं विभिन्न स्वादका परिकारहरु पस्किनेछ । पारिवारिक, सुरक्षित र मनोरञ्जनात्मक वातावरणमा ग्राहकहरुका बार्षिकोत्सब बिशेश छुटकोसमेत व्यवस्था रहेको समेत कटुवालले बताए ।

Visited 43 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.