Fast Nepal News

प्लाटिनियममा भोली हुने कार्यक्रमका लागि बलिवुड गायक विनित सिंह नेपालमा

banner single news

काठमाण्डौं । बलिवुड गायक विनित सिंह आज नेपाल आईपुगेका छन् । गायक सिंह ईण्डियन एयरलाईन्सबाट आज दिउँसो साढे ३ बजे नेपाल ओर्लेका हुन् । मनाजी ईभेण्टसले उनलाई नेपाल झिकाएको हो । उनलाई त्रिभुवन अन्तराष्टिय विमास्थलमा भव्य स्वागत गरिएको छ । प्लाटिनियममा भोली हुने सांगितिक कार्यक्रममा यायक सिंहले प्रस्तुती दिने छन् । प्लेब्याक गायक विनीत सिंह जी टिभीमा देखाइएको गायन रियालिटी शृंखला सारे गमा पामा आफ्नो सहभागिताका कारण लोकप्रियतामा पुगेका थिए। विनीत सिंहको जन्मस्थल लखनउको कानपुर हो। उनले पाँच वर्षको उमेरदेखि नै गाउन थालेका थिए ।

रियालिटी शोमा देखा पर्दा उनी १६ वर्षका मात्र थिए । शो पछि, उनी शीर्ष तीन प्रतिस्पर्धीहरूमा परे। प्रदर्शनभर हिमेश रेशमियाले उनको जिम्मेवारी सम्हालेका थिए । उक्त शोमा उनी फस्ट रनरअप भएका थिए ।

उनले प्रेम रतन धन पायो, हुक्का बार जस्ता चर्चित गित गायका छन् ।

Inside Article Ads

विनीतले सुनिधि चौहानसँग फिल्म रकीको दिल रंग दे गीतबाट फिल्ममा डेब्यू गरे। हिमेश रेशमियाको साथमा, उनले आफ्नो अन्तर्राष्ट्रिय प्रदर्शन आपका सुरुरमा पनि उही रियालिटी कार्यक्रममा देखा पर्ने साथी हिमानी कपूरसँग प्रदर्शन गरे।

Visited 39 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.