Fast Nepal News

मिस्टर एण्ड मिस मोडेल अफ द इयर सिजन ३ को उपाधि अभिषेक बानिया र युष्णा दृष्टि मगरलाई

banner single news

काठमाण्डौं । मिस्टर एण्ड मिस मोडेल अफ द इयर सिजन ३ को उपाधि अभिषेक बाँनिया र युष्णा दृष्टि मगरले जितेका छन् । एभरेष्ट ईभेण्ट्सद्धारा आयोजित मिस्टर एण्ड मिस मोडेल अफ द इयर सिजन ३ को मिस्टर र मिस क्याटेगोरीमा बाँनिया र मगरले शिर्ष उपाधी हात पार्दा बिराज परियल र सलिना तामाङ फर्स्ट रनर अप, लक्षु श्रेष्ठ र झरना अधिकारी सेकेण्ड रनर अप बन्न सफल भए ।

प्रतियोगिता अन्तर्गत ब्राण्ड एम्बेसडर तर्फ पासाङ शेर्पा र रिकिशा खड्का विजयी रहदा आयोजक छनोटतर्फ बिशाल तामाङ र अर्जिशा थापा उत्कृष्ट बने । जसमा अन्जिला महर्जनले व्युटि बिथ ब्रेनको उपाधि जित्न सफल रहिन ।

प्रतियोगिताका शिर्ष टाईटल विजेताहरुले अन्तराष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबर र एआईटिममा अध्ययन छात्रवृत्ति प्राप्त गर्ने आयोजक संस्थाका प्रमुख रोविन श्रेष्ठले जानकारी दिए ।

Inside Article Ads

त्यस्तै उनका अनुसार सेकेण्ड रनर अपसम्मका विजेताले सिटिईभिटि स्कूल अफ ब्यूटिसियनबाट ७५ सय को एक हप्ते कपाल र छाला मास्टर क्लास, माईलस्टोन डान्स स्टुडियोमा निशुल्क डान्स क्लास र नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति साथै म्यागाजिन तथा पत्रिकामा फिचर्ड गरिनुका साथै विज्ञापन, म्युजिक भिडियो तथा सर्ट मूभि खेल्ने अवसर समेत दिलाईनेछ ।

Visited 103 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.