Fast Nepal News

अस्मिता र किरणले ल्याए ‘मेरो कथाको’ ( भिडियो )

वरिष्ठ संगीतकार रंजित गजमेरको संगीतमा रहेको 'मेरो कथाको' बोलको म्युजिक भिडियो सार्वजनिक

banner single news
२८ श्रावण,काठमाडौं –  रिष्ठ संगीतकार रंजित गजमेरको संगीतमा रहेको ‘मेरो कथाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस  गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार रहेको छ। गीतमा ‘द भ्वाइस अफ नेपाल सिजन–३ विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ। 
म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेती बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।

भिमा लोहार निर्मात्री रहेको यस गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

भिडियो लिंक:  https://youtu.be/2Iw5rE1ScMQ
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.