Fast Nepal News

मिस नेवा प्रतियोगीहरुबाट विभिन्न कार्यक्रमको आयोजना

banner single news

१४ श्रावण,काठमाडौँ-आज मिस नेवाप्रतियोगीहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरे। पुजा सिके यसमा मिस नेवा कृषा महर्जनले १७ जना प्रतियोगीहरुलाइ कुन बेला कुन पुजा कसरी गर्ने भनेर विभिन्न पुजा बिधिहरु सिकाईन, नेपाल लिपि गूठीका अध्यक्ष अनिल स्थापित र नेपाल भाषा प्रशिक्षक राजु नापितको नेतृत्वमा सहभागीहरुले विभिन्न नेवार लिपिहरु पनि सिके। नेपाल लिपि गूठीले लिपिको बरेमा, लिपि लेख्ने तरिका, बर्णमाला रन्जना लिपि सिकाउनु भयो भने लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कल, लायन्स क्लब अफ काठमाडौं टेम्पल भ्याली, क्युकोशिन कराते र मिस नेवा प्रतियोगीहरुले ब्लड डोनेसन कार्यक्रम पनि सम्पन्न गरे।

यस कार्यक्रमहरुमा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको उल्लेखनिय सहभागीता रहेको थियो। कार्यक्रममा लायन्सका गभर्नर मणिश्री रत्न बज्राचार्य, सचिव सुरेन्द्र रत्न शाक्य, पि आर ओ चिफ मनकृष्ण श्रेष्ठ, मिस नेवा कृषा महर्जन, मिस नेवा सलिना महर्जन, लायन्स क्लब अफ काठमाडौं टेम्पल भ्याली क्युकोशिन कराते अध्यक्ष सबिना मास्के, समाजसेवी अनु उर्मिला शेरचन, नेप्लिज फेसन होमका अध्यक्ष हेमा मानन्धर, लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका अध्यक्ष अनिल तुलाधर, लायन्सका सदस्य लगायतको उपस्थिति रहेको थियो।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.