Fast Nepal News

भक्तपुरमा ‘पियार’ डुब्दै भेटीए मल्लिका र अनुज ( भिडियो )

banner single news

१४ श्रावण,काठमाडौं – नेपाली संगीत क्षेत्रमा फरक स्वादका गीत प्रस्तुत गरिरहेका गायक जनक ताम्राकार र  गायिका निखिता थापाको नयाँ कोसेली ‘पियार’ सार्वजनिक भएको छ। हृदय स्पर्शी यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ।


यो भिडियो मार्फत अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियोको निर्मात्री दिलु गुरुङ हुन्।

Inside Article Ads

भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो।  यसअघि मल्लिका  र अनुज अभिनित ‘नौडाँडा पारी २’  बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ। नयाँ म्युजिक भिडियो मोडल गुरुङको जन्मदिनको शुभअवसर पारेर सार्वजनिक गरिएको हो।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.