Fast Nepal News

मिस नेवाः नेपाल ११४३” का सहभागीलाई व्यक्तित्व विकास अन्तर्गत साैन्दर्य तथा कपालकाे स्याहार सम्बन्धि प्रशिक्षण

banner single news

३१ असार,काठमाडौँ-फेसन हाेमले बार्षिक रुपमा आयाेजना गर्दै आएकाे “नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३” काे १७ औँ संस्करणकाे आज व्यक्तित्व विकास अन्तर्गत साैन्दर्य तथा कपालकाे स्याहार सम्बन्धि प्रशिक्षण दिईयाे ।

मिस नेवा:नेपाल ११४३ अन्तर्गत सदा झै नेवार कला, संस्कार तथा संस्कृतिकाे जगेर्ना गर्नुकाे साथै एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण गर्नकाे लागि नेवार युवतिहरुलाई मिस नेवा: तालिमकाे क्रममा नेवार कला, भाषा, संस्कार, संस्कृति अन्तरगत नेवार भाेज, नेपालभाषा लिपि, पुजा तथा लाखबत्ति कार्यक्रमहरुका साथै नेतृत्व विकास, आत्मसुरक्षा कला, उदघाेषण कला जस्तो कार्यक्रमहरु संचालन भईरहेकाे छ।

Inside Article Ads

कार्यक्रममा १७जना नेवारl युवतिहरुले सहभागिता जनाएका छन भने उक्त कार्यक्रममा मुख्य काेरियाेग्राफरमा राेजिन शाक्य, नेपालभाषा प्रशिक्षक राजु नापित, कार्यक्रम संयाेजकमा कृषा महर्जन रहेका छन ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.