Fast Nepal News

बिसोन गुरुङ र प्रशम्सा अधिकारीले जिते मिस्टर ऐनड मिस टिन टियारा कास्की २०२३ को उपाधि

banner single news

३१ असार,पोखरा – बिसोन गुरुङ र प्रशम्सा अधिकारी मिस्टर ऐनड मिस टिन टियारा कास्की २०२३ को उपाधि जित्न सफल भएका छन्। फ्लेम लाउन्ज एण्ड बारमा गत असार २२ गतेका दिन टियारा इन्टरटेनमेन्टद्धारा आयोजित मिस्टर ऐनड मिस टिन टियारा कास्की २०२३ को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न भएको थियो।

बिसोन गुरुङ र प्रशम्सा अधिकारीले प्रतियोगितामा अन्तिम स्पर्धामा ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधी जितेका हुन । प्रशम्साले भ्युअर च्वाइससहित शिर्ष उपाधीको ताज पहिरिएकी हुन।

त्यसैगरी, फर्स्ट रनर अपको उपाधि प्रकृति सुवेदीले जित्न सफल भइन भने सेकेण्ड रनर अपको उपाधी निशान नेपालीले हात पारेका छन् ।

विधागततर्फ भने अर्गनाइजरहरुको मन जित्दै अर्गनाइजर चोइसको उपाधि यावित गर्बुजा पुन मगरले हात पारे। सबै प्रतियोगिहरुलाई विभिन्न प्रकारका सवटाइटलबाट सम्मानित गरिएको थियो।

Inside Article Ads

बिजेताले उपाधीसंगै टियारा इन्टरटेनमेन्टको तर्फबाट मोडलिङ सम्वद्द बिभिन्न आकर्षक अवसरहरु प्राप्त गरेका छन। राजु भुजेलको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा मिस्टर एन्ड मिस एसइइ फेसनइसटाका २०२३ का फस्ट रनरअप विवेक राई, मिस्टर एन्ड मिस डाईनामिक विजेता विश्वास तामाङ र मोडल एवं डिजाइनर सपना तिवारी रहेका थिए।

युवायुवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार दोश्रो संस्करणको ‘मिस्टर एन्ड मिस टिन टियारा कास्की , २०२३ु सम्पन्न गरिएको आयोजकले जनाए ।

Visited 48 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.