काठमाडौं–गीतकार तारा अधिकारीको नयाँ सृजना पछ्यौरी सार्बजनिक भएको छ । संगीतकार दिपक शर्माको संगीत तथा नेपाल आइडल सिजन वानका विजेता बुद्ध लामा र गायिका बेनिशा पौडेलको सुमधुर आवाजमा पछ्यौरीलाई श्रंगार गरिएको छ ।
प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेञ्ज नरेन्द्र बियोगीले गर्नुभएको छ । श्यामस्वेत रसाइलीले गीतको मिक्सिंग गर्नुभ एको छ ।फुलेको केश, पराईको सिन्दुर, गुलेलीमा जस्ता चर्चित गीतहरुको रचनाकार तारा अधिकारीको आफ्नै यु्ट्युव च्यानल सुनौलो तारा बाट सार्बजनिक भएको गीतमा निरन्जन प्रधान र सुशिला थापाले अभिनय गर्नुभएको छ ।
राजीब समरले कोरियोग्राफी गरेको भिडियोको निर्देशन शान थापाले गर्नुभएको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोको इडिटींग सुप्रीम पराजुलीले गर्नुभ एकोछ ।
गीतकार तारा अधिकारीका अघिका गीतको भिडियोलाई दर्शकहरुले मन पराईसकेका छन् । गुलेलीमा, लुकी लुकी चोरी चोरी गीतलाई दर्शकको साथ मिलेको छ ।
भिडियो