Fast Nepal News

निशिम र अनिक लाई मिस्टर एन्ड मिस् एस इ इ को उपाधी

banner single news

१७ जेठ,बिर्तामोड–  बिर्ता मिडिया एण्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा भएको मिस्टर एण्ड मिस एसईई २०२३ प्रोभिन्स वान अन्तर्गत मिस एसईईको उपाधि बिर्तामोडकी निसिम थाम्सुहाङले हात पारेकी छिन् भने मिस्टर एसईईको उपाधि बिर्तामोडकै अनिक चौधरीले हात पारेका छन् ।

बिर्तामोडमा भएको फाइनल प्रतियोगितामा चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलकी विद्यार्थी थाम्सुहाङले मिस एसईईको र न्युटन्स एजुकेशन एकेडेमीका विद्यार्थी चौधरीले मिस्टर एसईईको उपाधि हात पारेका हुन् ।

त्यस्तै मिस एसईईको फस्ट रनरअप चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुलकी सलिना गुरागाईं , सेकेन्ड रनरअप सुरुंगाको हरिकुल नमुना माविकी चेतसा न्यौपाने भए भने मिस्टर एसईईको फस्ट रनरअप इलामका उत्तम थापा र सेकेन्ड रनरअप चारआलीको सहिद दशरथ चन्द माविका योगेश लिम्बू भएका थिए ।

प्रतियोगितातर्फ मिस कन्फीडेन्ट स्नेहा ढुंगाना, वेस्ट वाल्क चेतसा न्यौपाने,वेस्ट स्माइल सेन्थीया लिम्बू, मिस हार्डवर्किङ संगीता राजवंशी, वेस्ट ट्यालेन्ट निसिम थाम्सुहाङ,मिस व्युटीफुल सुप्रिना संग्रौला, वेस्ट फिगर टोनिसा भण्डारी, मिस एक्टीभ प्रियंका लामिछाने, मिस फोटोजेनिक सलिना गुरागाईं, मोस्ट फे्रण्डली अनिक चौधरी, मोस्ट हेण्डसम उत्तम थापा, मोस्ट अनेस्ट आशिका ढकाल, मिस पर्सनालिटी विपिसा संग्रौला, मिस्टर इनरजेटिक निश्चल लिम्बू, मिस पङच्युअल चेतकुमारी लिम्बू, मिस मोरालिटी सञ्जु मिया, मिस्टर फोटोजेनिक योगेश लिम्बू, मिस डिसिप्लेन विपिका राजवंशी, वेस्ट डान्सर कृतिका लिम्बू, मिस चार्मिङ लिजा राई, मिस पपुलर चेतकुमारी लिम्बू, मोस्ट पपुलर कृतिका लिम्बू, भ्युवर च्वाइज सुप्रिना संग्रौलाले उपाधि प्राप्त गरे ।

Inside Article Ads

प्रतियोगितामा श्वेता श्रेष्ठ, चेतन ढुंगेल, स्वस्तिका आचार्य र सविना लिम्बू निर्णायकको भूमिकामा रहेका थिए ।
प्रतियोगिताका विजेताहरुलाई निदी स्कूल तथा इन्द्रेणी क्याम्पस बिर्तामोड, श्री हरिकुल सुरुङ्गा, आदर्श स्कूल अफ होटल म्यानेजमेन्ट बिर्तामोड, होलीवेल इङलिस स्कूल धुलाबारी, पशुपति इङलिस स्कूल सुरुङ्गा, , स्प्रिङडेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्ट बिर्तामोड, सिद्धार्थ इङलिस स्कूल खोर्साने , ब्राइट फ्युचर इङलिस स्कूल सुन्दर हरैचा , युएन नवोदय कलेज धरानले शतप्रतिशत छात्रवृत्ति उपलव्ध गराउने आयोजकले जनाएको छ ।

बिर्ता मिडिया इन्टरटेन्टमेन्ट प्रालिका निर्देशक एलसी श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक दिनेशराज शर्माले स्वागत गरेका थिए ।
कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्र कार्की, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, प्रतियोगिताको एजुकेशन पार्टनर निदि सेकेण्डरी स्कुल तथा इन्द्रेणी क्याम्पसका प्रमुख रञ्जित शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट र देश भक्तीपूर्ण नृत्य प्रस्तुत गरेर दर्शक तथा श्रोताको मन जितेका थिए । कार्यक्रमको सञ्चालन सुरज प्रधान र अनुप भण्डारीले गर्नुका साथै सबिना श्रेष्ठ र आरति गौतमले कोरियोग्राफी रहेको इभेन्ट म्यानेजर विजय लिम्बूले जानकारी दिए ।

Visited 39 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.