Fast Nepal News

मिस्टर एण्ड मिस सुदुर पश्चिमान्चल २०२३ सम्पन्न

banner single news

धनगढी । न्यु राईजद्वारा आयोजित मिस्टर एण्ड मिस सुदुर पश्चिमान्चल २०२३ सम्पन्न गरिएको छ। धनगढी स्थित उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न भएको पेजेण्टमा सुमन खत्री, मेधान्श शाही र सिर्जना थापा मगरले टाइट्ल हात पारेका छन । मिस सुदुर पश्चिमान्चल वर्ल्ड डाइभर्सिटी मिस स्नेहा चौधरी घोषित भएकी छिन् । विवेक शाही ,आर्जु बम मिस्टर एण्ड मिस वर्ल्ड वाइड नेपाल साबित भए भने मिस्टर लिट्ल सुदुर पश्चिमान्चल अन्कुस कडायत भएका छन् । त्यसैगरि मिस टिन सुदुर पश्चिमाञ्चल सम्झना बिष्टले हात पारेकी छन् भने मिस्टर लिट्ल फार्वेस्ट आर्जु चौधरी र लिट्ल फेस अफ फार्वेस्टको टाईटल अर्जुन बिस्टले हात पारे ।

मिस्टर एण्ड मिस प्री टिन भने बिराज बोहरा र एन्जल रोकाया भए । साथै, सर्बाधिक चर्चित मोड्ल बिराज बोहरा साबित भएका छन्। मिस कन्जेनालिटी बिजेता निरुता चौधरी भएकी थिईन भने मस्ट कन्फिडेन्ट पुजा मल्ल र मिस ट्यालेन्टको टाइटल स्नेहा चौधरीले हात पारेकी हुन ।

प्रमुख अतिथि भोज राज पाठक रहनु भएको उक्त कार्यक्रममा विभिन्न टाईट्ल बिजेता अतिथिका रुपमा उपस्थिति हुनु भएको थियो । कार्यक्रमको निर्णायक एलिसा गौतम,पुजा बगाले र साबित्रा जोशी रहनु भएको थियो ।

Inside Article Ads

आगामी दिनमा अझै प्रोत्साहन र नयाँ प्रतिभाको खोजी गरि अन्तरराष्ट्रिय रुपमा चिनाउने प्रतिबद्धता आयोजक टिमले गरेको प्रतियोगिताका कोरियोग्राफर नबराज देउबाले जानकारी गराउनुभएको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.