
१८ फागुन,काठमाडौँ- चलचित्र पत्रकार संघ नेपालको नवौ महाधिवेशन सम्पन्न भएको छ। चलचित्र पत्रकार संघ नेपालको नवौ महाधिवेशन सम्पन्न भएसँगै कार्यसमितिले नयाँ नेतृत्व पाएको छ।
चलचित्र पत्रकार संघ नेपालको नवौ महाधिवेशनमा अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन्।यसैगरी
उपाध्यक्षमा कुबेर गिरी, विजय सुवेदी आवाज, सुरक्षा भट्टराई नवौ महाधिवेशनबाट निर्वाचित भएका छन्।
रघुनाथ सापकोटा महासचिव र सचिवमा नवीन गिरी, उद्धव रसाइली निर्वाचित भएका छन्।यसैगरी कोषाध्यक्षमा मनिष कार्की र सह कोषाध्यक्षमा मनिष अन्जान दाहाल निर्वाचित भएका छन्।
यसैगरी समावेशी सदस्यमा महमद जलिम,महिला सदस्यमा सुष्मा कार्की निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरुमा कृष्ण पाण्डे,अनुप भट्टराई,निशा बजगाई,अर्जुन गुरागाई,सिपी जैसी,सुरेन्द्र थापा निर्वाचित भएका छन्।
