Fast Nepal News

अभिनयको  ‘घिर्लिङ’ मा सिम्पल र बले ( भिडियो )

banner single news
Inside Article Ads
काठमाडौं । गायक तथा गीतकार  अभिनय निरौला र गायिका रचना रिमालको स्वरमा  रहेको ‘घिर्लिङ’ बोलको  म्यूजिक भिडियो सार्वजनिक भएको  छ । स्वयम गायक निरौलाको  शब्द रहेको यस गीतलाई   योगेन्द्र उपाध्यायले  संगीतवद्द गरेका हुन्।  कुशल सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्।
                                                
यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई  भिडियोमा रोचक तरिकाले प्रस्तुत गरिएको छ। यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्  । म्युजिक भिडियोमा  मोडलद्धय सागर लम्साल बले  र सिम्पल खरेललाई  फिचर्ड  छन् । विकास धमलाको सम्पादन रहेको यो भिडियोमा वुद्ध थापाको छायांकन छ ।

मेलबर्न अस्ट्रेलियामा बसोबास गर्दै आएका  गायक तथा गीतकार निरौलाले यसअघि  ‘हुन्न नभन, ‘अन्तै मबाट’ बोलको म्युजिक भिडियोहरु  सार्वजनिक गरिसकेका  छन्।  साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो  ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.