Fast Nepal News

१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला र छैठौं प्राङगारिक कृषि मेला फाल्गुण २ गते देखी शुरु हुने

banner single news

काठमाडौं । नेपाल १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला– २०७९ अगामी फाल्गुण २ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजनामा आउने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा उक्त मेला संचालनमा आउन लागेको हो । बिहिबार महासंघले पत्रकार सम्मेलन गरि मेला आयोजना गर्ने बारे जानकारी दिएको हो ।

कोरोना महामारीको कारण विगत ३ वर्षदेखि स्थगित भएको सो मेलालाई निरन्तरता दिदै यस पटक अगामी फागुन २ गतेदेखि ६ गतेसम्म आयोजना हुने सो अवसरमा जानकारी गराईयो। मुलुकभरका रहेका ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रतिविम्वित गर्ने गरि ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ र ‘मिहिनेत, सृजना, उत्पादन र वस्तु मैरै नेपालको’ नारा दिएर आयोजना गरिने भएको छ । एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले नियमित रूपमा राष्ट्रिय, प्रदेश तथा जिल्ला स्तरमा औद्योगिक प्रदर्शनीहरू आयोजना गर्दै आएको पत्रकार सम्मेलनका क्रममा उल्लेख गरिएको छ ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकभर रहेका लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने बताए । ,‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको भन्ने प्रदर्शनीको मुख्य नारा लिएर सो मेला गर्न लागेका छौँ’ अध्यक्ष सिँहले भने । तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुस, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने उनको दाबी छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जनाएको छ । प्रदर्शनीमा २ सय वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलामा ७ करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण समेत गरिएको छ । त्यसो त नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अर्गानिक उत्पादनलाई नेपाल सरकारले प्रोत्साहन गरिरहेको र यस्ता उत्पादनहरु उपभोग गर्न उपभोक्ताहरु समेत जागरुक रहेको परिप्रेक्ष्यमा अर्गानिक उत्पादनहरुका बारेमा आम नागरिकमाझ सचेतना फैलाउन र सहज रुपमा अर्गानिक उत्पादनहरु उपलव्ध गराउन यस्ता उत्पादनको बिक्री वितरणलाई सहयोग पु¥याउने उद्देश्यका साथ अर्गानिक एसोसियसनसँगको सहकार्यमा कृषिका अर्गानिक उत्पादनहरुको छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको अध्यक्ष सिंहले जानकारी गराए ।

अर्गानिक उत्पादनहरुको बारेमा आम नागरिकमा जानकारी दिँदै त्यस्ता उत्पादनको प्रवद्र्धन गरी अर्गानिक अभियानलाई टेवा पु¥याउन उत्पादक र उपभोक्ताको साझा मञ्चको विकास गरी अर्गानिक उत्पादनको बजार प्रवद्र्धन गर्ने र शुद्ध भोजन स्वस्थ्य जीवनको भन्ने जनचेतना अभिबृद्धि गर्ने लक्ष्य प्राङगारिक कृषि मेलाको रहेको छ । नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पु¥याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरु उपलब्ध गराउने, अर्गानिक विषयहरुमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिने घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष तथा अर्गानिक एशोसियसन अफ नेपालकी महासचिव शान्ता बाँस्कोटाले जनाईन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह–आयोजकको रुपमा अर्गानिक एसोसियसन अफ नेपाल, नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय– व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश सरकार आदि रहने छन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैह«सरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहनेछन् ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु वासु गिरी र लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्षहरु क्रमशः मुकेश उपाध्याय, महेन्द्र चित्रकार, राजेन्द्रमान श्रेष्ठ, मोहन कटुवाल, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत प्रसाद पाण्डे, केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्याय, वरिष्ठ उपाध्यक्ष रीता अवाल, महासंघ काठमाडौं जिल्ला अध्यक्ष पद्ममुमारी कार्की, केन्द्रीय महिला उद्यमी समितिका महासचिव डा. सोनी महतो र सचिव दीपा शाक्य, बागमती प्रदेश महिला उद्यमी समितिका अध्यक्ष सूलोचना श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.