
१५ मंसिर, काठमाडौँ -वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संयोजकत्वमा गठन भएको ६ सदस्यीय समितिले नारायण गोपाल संगीत पुरस्कार पाउने विश्व नेपालीको नाम सिफारिस गरेको छ। प्रत्येक वर्ष राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्दै आएको पुरस्कारबाट यस वर्ष युवा गायक विश्व नेपाली सम्मानित हुन लाग्नुभएको हो।
नारायणगोपाल गुरुवाचार्य स्मृति दिवसमा युवा गायक विश्व नेपालीलाई सम्मान गरिने विषयमा राष्ट्रिय युवा सेवा कोषको केन्द्रीय कार्यालयले सूचना समेत जारी गरेको छ।
Visited 94 times, 1 visit(s) today
