Fast Nepal News

प्रेमगीत ३ समूहद्वारा चलचित्र विकास बोर्डले दिएको सम्मान फिर्ता गर्ने निर्णय

banner single news

अन्तर्राष्ट्रिय स्तरमा फिल्म बजार खोज्ने कार्यक्रममा योगदान पुर्याएको भन्दै चलचित्र विकास बोर्डले प्रेमगीत ३ लाई सम्मान गरेको केही समयपछि सम्मान प्रेमगीत ३ समूहले सम्मान फिर्ता गर्ने निर्णय गरेको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग प्रेमगीत ३ मा चर्किएको विवादको कारण चलचित्र विकास बोर्डले दिएको सम्मान फिर्ता गर्ने निर्णयमा पुगेको प्रेमगीत ३ समूहले बताएको छ।

फिल्म रिलिज गर्दा चलचित्र विकास बोर्डले दुख दिएको बताउँदै बोर्डले सम्मानस्वरुप प्रदान गरेको टोकन अफ लभ र खादा हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्ने प्रेमगीत ३ का निर्माता चक्रबहादुर चन्दले बताउनुभयो।

Inside Article Ads

चलचित्र विकास बोर्ड र प्रेमगीत ३ समूहबिच भएको विवाद र प्रेमगीत ३ समूहले सम्मानस्वरुप प्रदान गरेको उपहार फिर्ता दिने निर्णयले चलचित्र जगतमा ठूलो हलचल मच्चाएको छ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.