Fast Nepal News

दिनेशको निर्देशनमा बिमला र नन्दमान अभिनित ‘हेनेनु’ सार्वजनिक(भिडियो सहित)

banner single news

असोज ७, माङसेबुङ । निर्देशक, कलाकार तथा कोरियोग्रफर दिनेश माङमु लिम्बूको निर्देशनमा लिम्बू भाषाको मर्मस्पर्शी गीत ‘हेनेनु’ शुक्रबार सार्वजनिक गरिएको छ ।

गायीका सनिता थेगिम लिम्बूको सुमधुर आवाजमा बिमला खजुम लिम्बू र नन्दमान तुम्बापो लिम्बूको अभिनय रहेको मनछुने गीत ‘हेनेनु’ सङवा इन्टरटेनमेन्ट युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार निशा लोवा लिम्बूको शव्दभावहरुमा संगीतकार अम्बर सङवा लिम्बूको संगीतमा सजिएको गीतको भिडियोमा सुरज मादेन लिम्बू, अम्बर सङवा लिम्बू, आधुनिक देवान, सृष्टि देवान, दीपा चेम्जोङ, उषा चेम्जोङ र बाल कलाकार आसिस्ता देवानको समेत अभिनय रहेको छ ।

पतिको वियोगमा छोरीको साथमा संघर्षमय जीवन व्यतित गरिरहेकी नारीको कथा प्रस्तुत गरिएको भिडियोमा देवराज सिग्देलको छायांकन, भोगेन्द्र याम्फुको ड्रोन छायांकन, कृष्ण सुबेदीको मेकअप, बिकास धमलाको सम्पादन र राजेन्द्र मोक्तानको कलरिङ रहेको छ ।

Inside Article Ads

टेकेन्द्र यक्सोको संगीत संयोजनमा किङग स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.