Fast Nepal News

लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको ताज आर्यन र स्मारिकालाई

banner single news

काठमाडौं । फेसन इराद्वारा राजधानीमा आयोजित लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको ताज आर्यन पोखरेल र स्मारिका लम्सालले जितेका छन् । उपाधीसँगै उनीहरुले नगद एक लाख र विदेशी भुमीमा २०२२ मा हुने किडस स्टार इन्टरनेशनल प्रतियोगितामा सहभागीता जनाउने अवसर समेत प्राप्त गरे ।
त्यसैगरि, स्पर्धा अन्तर्गत ब्रियाना उप्रेती र मार्लोन तमाङ फर्स्ट रनर अप बने भने रेमण्ड श्रेष्ठ र युवी लामा गुरुङ सेकेण्ड रनर अप बन्न सफल रहे ।

साउथ वेस्टर्न कलेजका प्रिन्सिपल रमेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सनिस शाक्य, आर्शु महर्जन. रोहन श्रेष्ठ, बर्षा भण्डारी, पंकज सिँह ठकुरी र रुश्का श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । आयोजक संस्थाका प्रमुख आनन्द सिंहका अनुसार २०२२ सिजन २,भोलुम 2 अन्तर्गतको प्रिन्स एण्ड प्रिन्सेस प्याजेण्ट सानेपा स्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको हो ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.