Fast Nepal News

छोरी सरानाको लागि मदनकृष्ण श्रेष्ठको ‘एक तर्फी माया’

banner single news

 

काठमाडौं, ०७ कार्तिक – मदनकृष्ण श्रेष्ठको शव्द रचना तथा उनकी सुपुत्री गायिका सराना श्रेष्ठको स्वर रहेको नयां गीत ‘एक तर्फी माया’ सार्वजनिक भएको छ । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको गीतको भिडियो कन्सेप्ट तथा निर्देशन समेत स्वयं गायिका सरना श्रेष्ठले गरेकी हुन । रुपम सिंह गुरुङ्गको ऐरेन्ज रहेको गीतमा एक तर्फी गरिने मायाको विषयलाई उत्कृष्ट शव्दबाट वर्णन गरिएको छ ।
कहिले काही कसैको जीवनमा हुन सक्ने एक तर्फी प्रेमको विषयलाई गीत र भिडियो मार्फत अत्यन्तै आकर्षक ढंगले प्रस्तुत गरिएको मदनकृष्ण श्रेष्ठले बताएका छन्। हिन्दुहरुको महान चाड दशैंको घटस्थापना अवसर पारेर विषम परिस्थितीका बावजुद दर्शक श्रोताका लागी सांगितीक मनोरन्जन प्रदान गर्ने उद्देश्यले सार्वजनिक गरिएको निर्माण पक्षको दाबी छ । ‘ककाकी प्रडक्सन’को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई धेरैले रुचाएका छन ।

Inside Article Ads

माया भन्नासाथ स्विकार गरिहाल्नु पर्छ, पाईहाल्न पर्छ भन्ने मनशाय भएकाहरुलाई यस गीतले सकारात्मक सन्देश दिने निर्देशक एवम् गायिका सारिका श्रेष्ठले बताईन् ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.