Fast Nepal News

सन्तोष शर्माले नयाँ चलचित्र निर्माण गर्ने तयारीमा

banner single news

कोरोना भाइरका कारण विश्वभरका चलचित्र प्रभावित हुँदा नेपाली चलचित्र पनि यसबाट अछुत रहन सकेन । जसले चलचित्र, चलचित्रकर्मी, निर्देशक, निर्माता, हल सञ्चालक, चलचित्र वितरक लगायतलाई धेरै नै असर पारेको छ । नेपाली चलचित्र क्षेत्र विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको त्रासमा छ ।

अहिलको स्तिथिमा हेर्दा फिल्म बनाउन निकै जोखिमपूर्ण कुरा हो तर पनि समयको मागलाई मध्यनजर गर्दै चलचित्र बनाउन लागेको निर्माता सन्तोष शर्मा बताउछन । चलचित्र लव स्टोरी आधारित रहेर भरपुर कमेडीको पनि मिश्रण चलचित्रमा रहेको कुरा निर्माण पक्षले बताएको छ । कामको अहिले सुरुवाती चरण रहेकोले अहिले नै फिल्मको नाम भने चयन भैसकेको छैन ।

मुख्य कलाकारमा मोडल तथा नायक राजन कार्की साइन गरेका छन् भने निर्देशन र अन्य कलाकारको टुंगो लाग्न बाँकी नै छ । कोरोना भाइरसका कारण नेपाली सिनेमा क्षेत्र प्रभावित भई सुटिंगसम्म बन्द हुदा नेपाली सिनेमा क्षेत्रमा ठुलो क्षती भएको छ ।

Inside Article Ads

कोरोनाको लकडाउनका कारण व्यापक मारमा परेको नेपाली चलचित्र उद्योगका चलचित्रकर्मीहरु लकडाउन खुकुलो भएपछि जुर्मुराउन थालेको देख्न पईयाको छ । अब चलचित्रले दर्शकहरुको मन जित्न सफल रहने नायक कार्की बताउनु हुन्छ । साथै नयाँ बन्ने नेपाली चलचित्र निर्माण युनिटलाई अवसर दिनुभएकोमा नायक कार्कीले धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

परफेक्ट मिडिया एकेडमीको ब्यानरमा तयार हुने चलचित्रलाई सन्तोष शर्माले निर्माण गर्ने भएका छन् ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.