Fast Nepal News

‘बेस्ट इभेन्ट डिरेक्टर’ को अवार्ड बिकास श्रेष्ठलाई, ‘बेस्ट इभेन्ट अर्गनाईजर’मा क्वेस्ट ईभेन्ट मेनेजमेन्ट

banner single news

 

काठमाडौं — कार्तिक ४, २०७७।

पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले आयोजना गरेको ‘पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड,२०२०’ मा क्वेस्ट ईभेन्ट मेनेजमेन्टका सिईओ एवं विभिन्न सफल सौन्दर्य प्रतियोगिताका आयोजक बिकास श्रेष्ठ ले ‘बेस्ट इभेन्ट डिरेक्टर’ को अवार्ड प्राप्त गरेका छन ।

सदावहार नायक भुवन केसीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा छिरिङ वाङ्डु र जयन सुब्बा मानन्धरको विशेष आतिथ्यता साथै नेपाली फेशन/मोडलिङ जगतका थुप्रै हस्तीहरुको उपश्थिति सहित कोरोना कहरबीच स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाउँदै बिहीबार म्युजिकसिटी स्टुडियोमा एक कार्यक्रमबीच सम्पन्न अवार्ड समारोहमा आफ्ना ४ फाईनलिस्टलाई पछि पार्दै उनले सो अवार्ड हात पारेका हुन ।

क्वेस्ट एजुकेशन इन्स्टिच्युट एन्ड कन्सल्टेन्सी, क्वेस्ट गोर्खा एकेडेमी, फेशन क्वेस्ट बुटिक साथै क्वेस्ट ग्रुपका संस्थापक समेत रहेका श्रेष्ठ पछिल्लो समय बिभिन्न किसिमका समाजि्क कार्यमा समेत संलग्न रहदै आएका छ।

Inside Article Ads

त्यसैगरी बेस्ट इभेन्ट अर्गनाईजर’ विधातर्फको अवार्ड समेत क्वेस्ट ईभेन्ट मेनेजमेन्ट प्रा ली ले प्रा्प्त गरेको छ। क्वेस्ट ईभेन्ट मेनेजमेन्ट प्रा लीको तर्फबाट उक्त अवार्ड भने जेनु श्रेष्ठले लिएकी थिईन।

विगत लामो समयदेखि ईभेन्ट डिरेक्सनको क्षेत्रमा उल्लेखनीय योगदान प्रदान गरेको भन्दै बिकाश श्रेष्ठलाई उक्त अवार्डले सम्मानित गरिएको पेजेन्ट नेपाल ईन्टरनेशनलका प्रवन्ध निर्देशक दिक्पाल कार्कीले जनाएका छन ।

त्यसैगरी ईभेन्ट आयोजनाको क्षेत्रना कुशल भुमिका निर्वाह गरेको भन्दै क्वेस्ट ईभेन्ट मेनेजमेन्ट प्रा ली लाई ‘बेस्ट इभेन्ट अर्गनाईजर’ को अवार्ड प्रदान गरिएको आयोजक कार्कीले जनाएका छन।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.