Fast Nepal News

गीतकार भानुभक्त ढकालको शब्दमा तिज गित “रातो सारी…”बजारमा (भिडिओ हेर्नुस् )

banner single news

उस्मा राईको स्वरमा रहेको तिज गित “रातो सारी…” हालै बजारमा आएको छ ।गायिकालाई कोरसमा संगीता रानापायलीले साथ दिएकी छिन् । यस गितको शब्द कोर्ने काम भानुभक्त ढकालले गरेका छ्न् भने मोहन मगरले संगीत भरेका छन् । यस गित हाईलाईट्स नेपालबाट रिलिज गरिएको छ।

सार्वजनिक गीतलाई रोशन वान्तवाले एरेन्ज गरेका हुन्। मोहन मगरले निर्देशन गरेको म्युजिक भिडीयोमा अनु कार्की र सबिना खत्री फिचर्ड छन् । भिडिओलाई अमृत सागरले खिचेका हुन् भने सम्पादन शक्ति प्रज्वल घिमिरेको रहेको छ।गितमा नृत्य निर्देशन दिलिप पौडेलको रहेको छ ।गितलाई ब्लु बेरी मिडियाले बजारमा ल्याएको हो।

राम्रो शब्द संगीतमा काम गर्न पाउँदा खुशी लागेको गायिका उस्मा राई बताउछिन् ।गितमा तिजको बेला माईत जाने,साथीसङ्गी रमाईलो गर्ने र नाच्ने जस्ता कुरालाई कलात्मक तवरले प्रस्तुत गरिएको गीतकार भानुभक्त ढकाल बताउछन् । गितबाट आफुले धेरै नै अपेक्षा राखेको र गीत बजारमा चल्ने कुरामा आफू ढुक्क रहेको संगीतकार\निर्देशक मोहन मगर बताउँछन् ।

Inside Article Ads

 

Visited 74 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.