Fast Nepal News

‘दि फ्लिक मोडेल्स’ को फिनाले २१ साउनमा हुने

banner single news

काठमाडौँ– फोकस फेसन हाउसद्वारा आयोजित ‘दि फ्लिक मोडेल्स’ को फिनाले यही आउँदो २१ साउनमा हुने भएको छ ।आउँदो २१ गते शनिवारका दिन झण्डै १ महिनाअघि अडिसनबाट चयन भएका मोडेलहरुबाटै प्रतिस्पर्धाको माध्यमबाट एक महिला र एक पुरुष विजेता घोषणा गरिने फेशन हाउसका प्रमुख आदर्श शर्माले जानकारी दिएका हुन् ।

प्रतिस्पार्धाबाट फर्स्ट तथा सेकेन्ड रनरअप समेत चुनिने उनले बताए ।उनका अनुसार, कोटेश्वरको ए वान होटेलस्थित सम्पन्न हुने भनिएको फिनालेको निर्णायक टोलीमा कोरियोग्राफर जयनसुब्बा मानन्धर, सषिता लुइँटेल, विशाल गुरुङ, राजभाई सुवाल र दिपक घिमिरे रहनेछन् । प्रतिस्पर्धामा ८ पुरुष र १५ महिला गरी कुल २३ मोडेलहरुले सहभागिता जनाएका छन् ।

हाल उनीहरु प्रशिक्षणमा व्यस्त छन् ।मोडलिङमा आफ्नो करियर शुरुआत गर्ने चाहानेहरुलाई विशेष अवसर प्रदान गर्दै आएको फेसन हाउसले यसअघि पनि फेसन तथा मोडलिङ क्षेत्रमा विभिन्न कार्यक्रमहरु  गर्दै आएको थियो । यद्यपि ‘दि फ्लिक मोडेल्स’ भने हाउसको पहिलो वृहत् मोडलिङ कार्यक्रम रहेको प्रमुख शर्मा बताउँछन् ।

Inside Article Ads

मारुती सिमेन्ट, एनआईसी बैंक, मत्स्य फिटनेस एवम् साथी मार्टको प्रायोजनमा हुन लागेको सो कार्यक्रमका विजेतालाई १ लाख रुपैयाँ नगद, १ वर्षको मोडलिङ सम्झौता, दुईवटा विज्ञापन, एउटा म्युजिक भिडियो तथा एक वर्ष फिटनेस क्लासलगायतको पुरस्कारहरु प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.