Fast Nepal News

“फेस अफ कर्पोरेट २०२२” कोे आवेदन फारम खुला

banner single news

कलिउड हवले राजधानीको अनामनगरस्थित क्याफे केटिएम हाईटमा एक पत्रकार सम्मेलन गर्दै विभिन्न क्षेत्रका व्यवसाय तथा रोजगारीमा आवद्द रहेका उधमी महिला तथा पुरुषहरुको सहभागिता रहने गरि सौन्दर्य प्रतियोगिता ‘‘फेस अफ कर्पोरेट २०२२”  आयोजना गर्न लागिएको जनाएको छ । उपत्यका लगायत मोफसलका विभिन्न कर्पोरेट संस्थानमा आवद्द साथै कर्पोरेट क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकाहरुले यस  प्रतियोगीतामा सहभागी हुन सक्नेछन ।

कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त व्यवसायी तथा कर्पोरेट क्षेत्रका व्याक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो भने बरिष्ठ संचार उधमी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा सहभागीताको लागि १८ वर्ष देखि माथिको उमेर समूहका युवा, युवती तथा विवाहित महिला/पुरुषले  ‘‘फेस अफ कर्पोरेट २०२२” मा सहभागी हुन पाउने आयोजक संस्था कलिउड हवका अध्यक्ष राजन खरेलले बताएका छन।

कर्पोरेट क्षेत्रमै आफ्नो भविष्य खोजिरहेकाहरुलाई  विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि विभिन्न आकर्षक अवसर प्रदान गर्नुका साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल व्यवसायिक व्याक्तित्व  तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको आयोजक संस्थाले जनाएको छ।

Inside Article Ads

उक्त कार्यक्रमको लागि सहभागीताको लागि बैशाख दोश्रो साता सम्म आवेदन फारम कलिउड हवको कार्यालय बागबजारमा भर्न सकिनेछ । साथै ग्लोबल अनलाईन पे मार्फत अनलाईन फारम रजिस्ट्रेसन गर्न सकिने छ । प्रतियोगिताका विजेताले “फेस अफ कर्पोरेट २०२२” कोे शिर्ष ताज उपाधि सहित नगद रु पचास हजार सहित अन्य बिभिन्न गिफ्टहयाम्पर प्राप्त गर्नेछन साथै अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिने छ ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.