Fast Nepal News

‘लिटिल स्टार नेपाल’ को दोश्रो संस्करण सम्पन्न

banner single news

काठमाडौँ — चैत्र २८, २०७८। एएनपी मिडियाको आयोजनामा बालबालिका केन्द्रित प्रतियोगिता ‘लिटिल स्टार नेपाल’ को दोश्रो संस्करण राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। प्रतियोगिता ‘लिटिल स्टार नेपाल’ को सिनियर नृत्य ग्रुपतर्फ गृष्मा राना मगर, जुनियर नृत्य ग्रुपतर्फ मारिया श्रेष्ठ, गायनतर्फ अधिश खतिवडा र अभिनयतर्फ अर्पनराज गजुरेलले शिर्ष उपाधी हात पारे। सिनियर नृत्यतर्फ प्रिश्मा ज्ञवाली फर्स्ट रनर अप, मानुश्री खनाल सेकेन्ड रनरअप, कारोल खड्का थर्ड रनर अप र स्वारिमा पराजुली मस्ट पपुलर घोषित भए। जुनियर नृत्यतर्फ आयुषा बिस्ट फर्स्ट रनर अप, आधिरा अचार्य सेकेन्ड रनर अप र मस्ट एक्टिभ, सायाङ लामा थर्ड रनर अप, कोशिष शर्मा फोर्थ रनर अप, पब्लिक चोईस युनिशा श्रेष्ठ र मस्ट पपुलर मारिया श्रेष्ठ घोषित भए। गायनतर्फ प्रान्जल पाण्डे फर्स्ट रनर अप, उपमा पाठक सेकेन्ड रनर अप र पब्लिक चोईस, तनिशा भट्टराई मस्ट पपुलर अवार्ड बिजेता घोषित भए। त्यसैगरी अभिनयतर्फ तेजल कुंवर फर्स्ट रनर अप र पब्लिक चोईस, सतिश्मा थापा सेकेण्ड रनर अप घोषित भएको आयोजक संस्था एएनपी मिडियाका सिइओ लव बहादुर कार्कीले जनाए ।

Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.