Fast Nepal News

गोलरक्षक एन्जिलाको ‘बायोपिक’ बन्ने

banner single news

काठमाडौँ — ०७  चैत्र २०७८

काठमाडौँ , महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिक निर्माण हुने भएको छ । राजधानीमा फिल्म ‘अन्जिला’ निर्माणको घोषणा गरिएको हो । मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा एन्जिलासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहनेछ । फुटबलर बन्नका लागि एन्जिलाले गरेको संघर्ष र सफलताको कथालाई फिल्मले समेट्ने निर्देशक चाम्सले बताए । उनले भने ‘७५ प्रतिशत एन्जिलाकै जीवनी र २५ प्रतिशत त्यसमा अन्य कथाहरूलाई जोड्नेछौं ।’

अभिनयका लागि एन्जिला मण्डला थिएटरमा प्रशिक्षण लिइरहेकी छन् । पाँचथरको फाक्तेपकी उनले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी हुन् । उनी महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक हुन् । निर्माता प्रेमकुमार श्रेष्ठले भने एन्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथालाई फिल्ममा देखाइने जानकारी दिए । उनले भने, ‘एन्जिलाको कथा अरू खेलाडीका लागि प्रेरक हुनेछ ।’  

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 131 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.