Fast Nepal News

रमा खड्का पौडेलले जितिन ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष उपाधी

banner single news

काठमाडौँ, । सौन्दर्य प्रतियोगिताहरु आयोजनामा आफ्नो बेग्लै छबि बनाएको मोडल सङ्ग्स नेपालले आफ्नो आयोजनामा नेपालमै पहिलोपटक आमा भै सकेका नारी लक्षित मोडलिङ सम्बन्धी प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द मम – व्युटी कन्टेस्ट ’ को अन्तिम प्रतिस्पर्धा एक भव्य कार्यक्रमका विच सम्पन्न गरेको छ ।

शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘द मम – व्युटी कन्टेस्ट’ को शिर्ष उपाधी रमा खड्का पौडेलले जितेकी छिन । उनले बिजेताको ताजसँगै बिधागत तर्फको ‘मस्ट पपुलर’ अवार्ड समेत हात परिन । बिजेता बनेसँगै उनले नगद रू. २५,०००/- र अन्य विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरिन ।प्रतियोगिताको भोटिङ पार्टनरको रुपमा रहेको ग्लोबल अनलाइन पे को मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व  सुचना तथा प्रविधि एवम्    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली चलचित्रका सदावहार नायक भुवन केसी, चलचित्र निर्देशक तथा हाँस्य कलाकार किरण केसी, हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कंडेल शर्माको विशेष अतिथ्यता रहेको थियो ।

बिधागत तर्फ भने निलिमा बजगाईँ उप्रेतीले अडियन्स चोईस र  बेस्ट स्माईल, ललिता शेर्पाले ट्यालेन्ट, बेस्ट पर्सनालिटी र मस्ट फोटोजेनिक, दिपिका पौडेलले कन्फिडेन्ट, सिलसिला गुरुङले डिसिपिलिन,  सरस्वती डंगोल महर्जनले इनोसेन्ट तर्फको अवार्ड हात पार्न सफल रहे ।

प्रतियोगिताको अफिसियल कोरियोग्राफरको रुपमा समेत रहेका अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यको संचालनमा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा राजकुमार छेत्री, सोना अमात्य, डा अर्पन शाह, नायक रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ रहनुभएको थियो ।

Inside Article Ads

आमा भई सकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरहरूलाई नेपाली पारामा ‘ब्लेण्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ‘द मम – व्युटी कन्टेस्ट’ का ईभेन्ट को अर्डिनेटर सोमराज बास्तोलाले जनाए ।

नेपाली समाजको सम्पूर्ण प्रतिनिधित्व नगरे पनि आमा भै सकेका नारी सौन्दर्यलाई नेपाली तरिकाले परिभाषित गर्ने जमर्को हो– ‘द मम – व्युटी कन्टेस्ट’ । यो त्यस्तो मञ्च हो, जहाँ नेपालकै सबैभन्दा राम्री आमाको चयन गरिन्छ । बाहिरी रूप मात्रै राम्रीको परिभाषा मानिँदैन यहाँ, उसको अन्य विभिन्न गुणहरूको पनि खोजी हुन्छ । आफूलाई नेपालको सबैभन्दा सुन्दर आमा सावित गर्न नेपालभरी छरिएर रहेका आमाहरुलाई चाडै नै शुरु हुने प्रतियोगिताको दोश्रो भोल्यूममा सामेल हुन आयोजक संस्था मोडल सङ्ग्स नेपालका प्रमुख डेविल सिंह राजपुतले आह्वान गरेका छन ।

उक्त प्रतियोगिताका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाका लागि  विशेष प्रशिक्षण सहित स्टेजमा  प्रशिक्षणका क्रममा प्रतियोगीले र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायत विविध विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण प्रदान गरिएको प्रतियोगिताकि म्यानेजर स्वस्ती दंगालले जनाईन ।

आमा भई सकेका नारीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न साथै एक सवल र सक्षम आमा बन्न प्रतियोगीता लाभदायक रहेको प्रतियोगिताको एसोसिएट पार्टनर ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताए ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.