
माधब पौडेल ।काठमाडाैं, १० असोज। गायक शङ्कर योङ्हाङ र गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको दुनियाँलाई दूर राखौंला बोलको गीत र म्युजिक भिडियो संगै सार्वजानिक भएको छ । गीतमा नेपाली समाजमा रहेको जातिय छुवाछुत र त्यस विच टुसाएको एउटा कोमल प्रेम अनि सो प्रेमको निम्ती प्रेमीले गर्ने कृयाकलापलाई चित्रण गरिएको छ । गीतमा शङ्कर योङहाङको र सुबिन श्रेष्ठको शब्द, सुबिन श्रेष्ठको संगीत रहेको छ भने गोपाल रसाइलीको संगीत संयोजनमा गीतलाई भानु भक्त ढकालले रेकर्ड गराएको हुन । त्यसै गरी म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन भने किरण ढकालले गरेका हुन ।
कलाकारद्वय विकाश लामिछाने र रिचा थापाको जिवन्त अभिनय रहेको उक्त गीतलाई ओ एस आर डिजिटलले आफ्नो युट्युब च्यानल मार्फत दर्शक श्रोता सामु पुर्याउने जिम्मा लिएको छ ।