Fast Nepal News

भारतकी हरनाज सन्धूले जितिन् मिस युनिभर्स २०२१ को उपाधि

banner single news

काठमाडौँ — २७ मंसिर २०७८

काठमाडौँ , भारतकी हरनाज सन्धूले ७०औं मिस युनिभर्सको उपाधि जितेकी छिन् । भारतले २१ वर्षपछि फेरि यो उपाधि जितेको हो । यसअघि सन् २००० मा भारतबाट लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् । पञ्जाबकी २१ वर्षीया सन्धू मोडलिङका साथसाथै जनप्रशासनमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् । इजरायलको इलियटमा आयोजित प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले सन्धूलाई ताज पहिराइदिएकी थिइन् । त्यस्तै पाराग्वेकी नादिया फेरेइराले फर्स्ट रनरअपको उपाधि जितिन् भने दक्षिण अफ्रिकाकी लालेला स्वानले सेकेन्ड रनरअपको उपाधि जितिन् ।

Inside Article Ads
टप थ्री राउन्डमा प्रतियोगीलाई ‘अहिलेको दबाबलाई सामना गर्न तपाईं युवा महिलालाई के सल्लाह दिनुहुन्छ ?’ भनेर प्रश्न सोधिएको थियो । जवाफमा हरनाजले भनेकी थिइन्, ‘आजको युवापंक्तिलाई आफैमाथि विश्वास गर्ने कुरालाई लिएर निकै दबाब रहेको छ । तपाईं अरुभन्दा फरक हुनुहुन्छ भन्ने थाहा पाउनुभयो त्यसले तपाईंलाई सुन्दर बनाउनेछ । आफूलाई अरुसँग तुलना गर्न छाडिदिनूस् । विश्वमा के भइरहेको छ भन्नेबारेमा कुरा गर्नूस् । आफ्नै लागि आवाज उठाउनूस् त्यो निकै महत्त्वपूर्ण हो । किनभने तपाईं नै तपाईंकै जीवनको नेतृत्वकर्ता हो । तपाईं नै तपाईंको आवाज हो । मैले आफैमाथि विश्वास गरेँ त्यसैले आज यहाँ उभिएकी छु ।’ हरनाजले यसै वर्षको अक्टोबरमा मिस युनिभर्स इन्डिया उपाधि जितेकी थिइन् । त्यस्तै सन् २०१९ मा मिस इन्डिया पञ्जाबमा विभिन्न विधामा उपाधि जितेकी थिइन् । उनले केही पञ्जाबी चलचित्रमा समेत काम गरेकी छिन् ।  

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.