Fast Nepal News

महिला चेम्बर र फेसियल हाउसको आयोजनामा सांगितिक कार्यक्रम

banner single news

काठमाडौं-नेपाल महिला चेम्बर र फेसियल हाउसले सांगितिक कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रम शनिवार साँझ सिटी सेण्टरमा संचालनमा आएको हो । बिशेष महत्वको चाडपर्वलाई लक्षित गरि नेपाल महिला चेम्बरले सिटी सेण्टरमा संचालन गर्दै आएको दसैं तिहार मेलाको छेकोमा उक्त कार्यक्रम संचालनमा आएको हो । सो अवसर माझ गायिका सविना कार्की गायक बिनोद ढकाल, गायक सुनन्द ढकाल लगायत एक दर्जन कलाकारहरुले प्रस्तुती दिएका थिए । सांगितिक कार्यक्रममा आधुनिक, लोक, पप, र्याप, स्वदेश गान आदी विधाका गीतहरु गुन्जिएका थिए ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्वर अफ कमर्शकी अध्यक्ष उर्मिला श्रेष्ठले मेला आयोजना गर्नुको उदेश्य महिला उद्यमशिलता विकास गर्नु रहेको बताउदै मेलासँगसगै मनोरन्जन दिलाउने उदेश्यका साथ फेसियल हाउससँगको सहकार्यमा सांगितिक तथा लाइभ मेकअप कार्यक्रम आयोजना गरिएको जानकारी दिईन् । साथै उनले कार्यक्रम आयोजनामा फेसियल हाउसले पुर्याएको योगदानको तारिफ गर्दै कला प्रस्तुतीका लागि कलाकार र कार्यक्रममा उपस्थित सबैमा धन्यवाद व्यक्त गरिन ।

त्यसैगरि नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले फेसियल हाउसले सदैव महिला चेम्बरलाई सघाउदै आएको बताउदै मेलासँगसँगै मनोरन्जन दिलाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताइन् । साथै उनले महिला चेम्बरलाई अपार माया गरि सहयोग पुर्याउने सबैमा धन्यवाद ज्ञापन गरिन ।

Inside Article Ads

कार्यक्रममा फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले फेसियल हाउसले सौन्दर्यको क्षेत्रमा गर्विलो उपस्थिती जनाउदै आएको बताउदै महिला चेम्वरसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न पाउदा खुशी लागेको बताइन् । साथै, उनले मेक ओभर नाईट्को अर्को संस्करण अन्तर्गत भोली अर्थात कार्तिक १४ गते आईतबारका दिन लाइभ मेकअप कार्यक्रम हुने जानकारी समेत् दिदै कार्यक्रमबाट जति सक्दो मनोरन्जन पस्कने प्रयास जारी राखिने उल्लेख गरिन ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.