Fast Nepal News

रिभा खनाल र निमा तेन्जिङ्ग शेर्पाले जिते यस बर्षको ‘मिस्टर एण्ड मिस एसईई आईकन’को उपाधि

banner single news

ललितपुर : यस बर्षको मिस्टर एण्ड मिस एसईई आईकनको आठौं संस्करणको उपाधि रिभा खनाल र निमा तेन्जिङ्ग शेर्पाले जितेका छन । मिस तर्फकी उपाधी विजेता रिभाले मिस एसईई आईकनको ताज सहित मोष्ट पपुलर, बेष्ट स्पीच र मल्टीमिडिया च्वाइस अवार्ड समेत हात पार्न सफल भईन भने मिस्टर तर्फका शेर्पाले उपाधी सहित बेष्ट सिंगर तथा मल्टीमिडिया च्वाइसको अवार्ड हात पारे ।
त्यसै गरि, मिस तर्फ सुस्मिता बरालले फस्ट रनर अपको उपाधी सहित बेस्ट स्माईलको अवार्ड जितिन भने सन्जिता परियार सेकेण्ड रनर अपको उपाधि सहित मस्ट डिजरभिङ्गको अवार्ड, स्तुती न्यौपानले थर्ड रनर अपको उपाधी सहित मोष्ट आइकोनीक आइज तथा मिस फरफेक्टको अवार्ड र कुशुम आले मगरले फोर्थ रनर अप सहित बेष्ट डान्सको अवार्ड हात पार्न सफल भईन ।
मिस तर्फ अन्य टाईटल विजेताहरुको विवरण :-
सुजाता तामाङ्ग : मिस क्याटवाक तथा मोष्ट फोटोजेनिक
तिसा शाक्यः मिस ट्यालेन्ट
रिजुला श्रेष्ठः मोष्ट कन्फीडेन्ट तथा बेष्ट स्कीन
बिनीता चौधरीः मोष्ट पोजिटिभ एटिच्युट
एन्जीला अधिकारीः मोष्ट डाइनामिक
रोजी हिराचनः मिस ब्युटिफुल तथा मोष्ट फिटनेस
सुप्रिया तामाङ्गः बेष्ट हेयर
बिनीता पौडेलः बेष्ट डिसिप्लेन
मिनाल थापाः बेष्ट पर्सनालिटी
प्रकृति अधिकारीः बेष्ट फिजिक्स
बिनीसा रसाईलीः मेष्ट फेण्डली
प्रजु सुनमः मोष्ट कन्जुलारीटी
अजिता तामाङ्गः मोष्ट चार्मिङ्ग
सुरबी अदई थापाः मोष्ट फेसन आइकन
अनुष्का श्रेष्ठः मोष्ट एक्टीभ
प्रीतिमा कुइकेलः मोष्ट पोजिटिभ एटिच्युट
सुशिना अवालेः बेष्ट सिंगर
एलिना अधिकारीः मेनेजमेन्ट च्वाइस
स्नेहा शाहः मोष्ट पंक्च्युल
अन्सीका अधिकारीः मोष्ट क्रेयटिभ
आयिसा श्रेष्ठः मोष्ट स्टाइलिस
स्नेहा कार्कीः फेसबुक च्वाइस

५२ वटा विश्व रेकर्ड कायम गर्ने विश्वकिर्तिमानी वरिष्ठ साहित्यकार तथा गितकार डा.डिआर उपाध्याय,राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य,खेलाडी तथा कलाकार नन्दा बस्याल,शिक्षाविद तथा ब्लुबर्ड स्कुलका पिन्सिपल वि.एस.क्षेत्री र एभरेष्ट कलेजका सिईओ तथा शिक्षाविद विष्णु हरि पाण्डे निणार्यक मण्डल रहेको प्रतियोगितामा मिस्टर तर्फ आकास श्रेष्ठले फष्ट रनर अपको उपाधि सहित मिष्टर हयाण्डसम र फेसबुक च्वाइसको अवार्ड हात पार्न सफल भएका थिए । त्यसै गरि, श्यामल खडकाले सेकेण्ड रनर अपको उपाधी सहित मोस्ट पपुलर र बेष्ट डिसिप्लेनको अवार्ड तथा रोहित रुम्बाले मिस्टर क्याटवाक र बेस्ट डान्सको अवार्ड हात पारे । मोस्ट टैलेन्ट तथा बेष्ट पर्सनालिटीको अवार्ड सनिल बिश्कर्माले हात पार्दा सरोज पहाडीले मोस्ट डिजरभिङ्ग र गोकुल पोखरेलले मोष्ट फोटोजेनिक र बेष्ट फिटनेसको अवार्ड जित्न सफल भए ।

नेपाल चेम्बर्स अफ कमर्शकी बरिष्ठ उपाध्यक्ष एवं नेपाल महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता र वरिष्ठ कलाकार किरण केसी ‘रातामकै’को विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा विशेष अतिथी केसीले मनोरन्जन समेत प्रदान गरेका थिए । केसीसंगै चर्चित गायिका मनिषा पोखरेल, गायक सुवास मण्डल र गायक राकेश महतोले आआफनो प्रस्तुती राखेका थिए ।
यस वर्षको एसईई दिएर बसेका बिद्यार्थीहरुलाई देशभरबाटै छनौट भएका विद्यार्थीहरु बीच एएनपी मिडिया हाउसले गरेको उक्त प्रतियोगिता कोराना कहरका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा र स्वास्थ्य मापदण्डका नियमहरु पुर्ण रुपमा पालना गरि सिमित व्यक्तित्वहरुका वीच उक्त फिनाले कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्थाका प्रमुख तथा ईभेन्ट म्यानेजमेन्ट एसोसियसनका अध्यक्ष लब बहादुर कार्कीले जानकारी दिए । शम्भु प्रसाद रेग्मिको संयोजन तथा लोमस कार्कीको व्यबस्थापनमा सम्पन्न प्रतियोगिताको कोरियोगाफी सुमी बानियाले गरेकी थिईन ।

Inside Article Ads

बालकुमारी स्थित म्युजिक सिटी हलमा सम्पन्न कार्यक्रमको संचालन राज बराईलीले गरेका थिए । ग्लोबल अनलाईन पे भोटिङ्ग पार्टनर रहेको प्रतियोगिताका प्रतियोगीहरुको ड्रेस पेजेन्ट नेपालले तयार पारेको थियो । कार्यक्रम काष्ठमण्डप टेलिभिजन तथा मिस्टर एण्ड मिस एसईई आईकनको फेसबुक पेजबाट प्रसारण गरिएको थियो ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.