Fast Nepal News

मिस्टर एण्ड मिस एसईई नेपाल-२०२१ को उपाधी प्रिस्टिना र आश्रयलाई

banner single news

काठमाडौ,
‘मिस्टर एण्ड मिस एसईई नेपाल–२०२१’को उपाधि प्रिस्टिना तामाङ र आश्रय कार्कीले जितेका छन् । मिस्टर एण्ड मिस एसईईको ताजसंगै तामाङले मिस ट्यालेन्ट, पिपुल्स चोइस अवार्ड र कार्यक्रमको भोटिङ पार्टनर रहेको ग्लोबल अनलाइन पे मार्फत थाईल्यान्ड भ्रमणको टिकेट जितेकी हुन् । त्यसैगरी कार्कीले ताजसंगै मिस्टर भर्सटाएल र मिस्टर ट्यालेन्टको उपाधी हात पारे ।

२०२१ सालको एलएससी परीक्षा दिने विधार्थीहरु बीच कृयटिभ नेरो नेपालले सो प्रतियोगिता आयोजना गरेको थियो ।

राजधानीस्थित सम्पदा गार्डेन रिसोर्टमा सम्पन्न सो प्रतियोगितामा ‘फस्ट रनरअप’को उपाधि सुप्रीया भण्डारी र बिकेश श्रेष्ठले प्राप्त गरे । भण्डारीले मिस फोटोजेनिक र स्पोर्ट्स अवार्ड हात पारिन भने श्रेष्ठले मिस्टर पपुलरको अवार्ड हात पारे ।

सोस्तिका सोरेन र सम्मान वाग्लेले ‘सेकेन्ड रनर अप’, अंकिता नेपालले मिस एक्टिव र मिस पपुलरको अवार्डसंगै ग्लोवल अनलाइन पे को तर्फबाट थाईल्याण्ड भ्रमणको टिकेट प्राप्त गरिन ।

Inside Article Ads

प्रतियोगितामा अन्य विधागत तर्फ भने ‘मिस्टर एक्टिव अवार्ड’ अभिषेक राजवंशीले, ‘मिस्टर डिसिपिलिन अवार्ड’ रितिक ठाकुरले, ‘मिस डिसिपिलिन अवार्ड’ रेशु गनेजुले प्राप्त गरिन । ।

एसईई परीक्षाको तयारीमा बसेका छात्राहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति सहित विभिन्न उदेश्यले यो प्रतियोगिता गर्दै आएको आयोजक संस्था क्रीयटिभ नेरो नेपालका अध्यक्ष जनक मगरले बताए । सो प्रतियोगिताको रोजिन शाक्यले कोरियोग्राफी गरेको थिए ।

प्रनिमा दाहालले संचालन गरेको सो प्रतियोगिताको निर्णायकमा सुशान्तकाजी श्रेष्ठ, रुविश्का श्रेष्ठ र अभिविन्द खनिया रहेका थिए ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.