Fast Nepal News

बैंकले निषेधाज्ञामा डिम्याट खाता पनि नखोल्ने, भन्छन् – भिडभाड बढ्यो

banner single news

काठमाडौं, जेठ १

काठमाडौं, वाणिज्य बैंकहरुले निषेधाज्ञाको समयमा सेवाग्राहीको डिम्याट खाता नखोल्ने निर्णय गरेका छन् । निषेधाज्ञामा पनि डिम्याट खाता खोल्नेको संख्यामा कमी आएको छैन ।

जसकारण, बैंकमा भिडभाड बढी भएको र त्यो भिड घटाउन डिम्याट नखोल्ने निर्णय गरेको नेपाल बैंकर्स संघले बताएको छ । संघले निषेधाज्ञा खुलेपछि फेरी सेवा दिने बताएको छ ।

दोस्रो लहर तीव्र गतिमा फैलिरहेको बेला बैंकले आफ्ना कर्मचारी र सेवाग्राहीमा संक्रमण घटाउन भन्दै यस्तो निर्णय गरेका हुन् । सेवाग्राही बैंक पुग्दा कर्मचारी र सेवाग्राहीलाई नै संक्रमणको जोखिम हुन्छ ।

Inside Article Ads

बैंकले दिने अधिकांश सेवा कटाएर संक्रमणको जोखिम कम गर्न सकिने निष्कर्षमा पुगेपछि संघले डिम्याट नखोल्ने निर्णय गरेको बताइएको छ ।

नेपाल सीडीएसी एण्ड क्लियरिङले हाल नेपालमा ३५ लाख २८ हजार जनाले डिम्याट खाता खोलेको बताएको छ । जुन, गत वर्षको चैतसम्मा २४ लाखको हाराहारीमा थियो ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.