Fast Nepal News

चिनीको मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न राष्ट्रिय उपभोक्ता मञ्चको माग

banner single news

काठमाडौं, वैशाख २९

काठमाडौं, राष्ट्रिय उपभोक्ता मञ्चले  चिनीको  अस्वभाविक मूल्य वृद्धि गर्नेलाई कारबाही गर्न भन्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । कोभिडको दोस्रो लहर भयावह बनिरहेका बेला दैनिक  उपभोग्य वस्त चिनीको मूल्य अत्यधिक बढेको भन्दै कालोबजारीलाई कारबाही गर्न मञ्चले आग्रह गरेको हो ।

अहिले देशको राजधानीमै प्रतिकेजी १ सय १० रुपैयाँ सम्म चिनीको मूल्य लिइरहेका छन् ।
यस बर्षको कार्तिक महिनादेखि चिनीको खुद्रा मूल्य बढन बढेर प्रतिकेजी  ७६ देखि ८५ रुपैयाँ थियो तर  गत महिना देखि चिनीको मूल्यमा अस्वाभाविक रुपमा वृद्धि भएको अनुगमनबाट देखिएको मञ्चले भनेको छ । हाल चिनी प्रतिकेजी  ९० देखि १ सय १० रुपैयाँ सम्ममा उपभोक्ताले खरिद गरिरहेका छन् ।

Inside Article Ads

गत आर्थिक बर्षमा नेपालमा स्थापित १४  उद्योग मध्ये ९ वटा चिनी उद्योगहरूले मात्र उखुको क्रसिंग गरेको र देशको मागको तुलनामा कम चिनी उत्पादन भएको थियो । जसको असर स्वरुप निजी क्षेत्रबाट पाकिस्तानी चिनी बढी भन्सार मूल्य तिरेर भएपनि आयात गरी बजारमा बिक्री बितरण भएकाले मूल्य बढाइएको बताइएको छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.