Fast Nepal News

कर तिर्ने समय थप्न भन्दै विभागमा निवेदनको चाङ

banner single news

काठमाडौं, वैशाख २८

काठमाडौं, आन्तरिक राजश्व कार्यालयमा कर तिर्ने समय थप गर्न दिएको निवेदनको चाङ लागेको छ । आन्तकि राजश्व विभागले चैत महिनामो मूल्य अभिवृद्धि कर (भ्याट) समयमै तिर्न सूचना निकालेपछि निवेदनको चाङ लागेको हो ।

सरकारले केही नभनेकाले तोकिएको समयमा कर नबुझाए कानुन बमोजिम कर लाग्ने विभागले बताएको थियो । उक्त सूचनापछि व्यवसायीहरुले कर तिर्ने समय थप गर्न निवेदन दिन थालेका हुन् ।

विभागका चैत महिनामा भएको कारोबारको कर तिर्न भनेपनि व्यवसायीहरुले निषेधाज्ञाको कारण तिर्न नसक्ने बताउँदै आएका छन् । उनीहरुले निषेधाज्ञामा कर कार्यालय जान नसक्ने र सबैलाई अनलाईनबाट तिर्ने ज्ञान नआउने बताएका छन् ।

Inside Article Ads

त, अहिलेसम्म पनि सरकारले कुनै ठोस निर्णय गरेको छैन । यसैगरी, व्यापारीहरुले पनि कर दाखिला गर्ने समय थप हुने आसमा अहिलेसम्म कर बुझाइसकेका छैनन् । विभागले चैत महिनाको कारोबारको ३० अर्ब रुपैयाँ राजश्व दाबी गरेको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.