Fast Nepal News

धोबीखोला करिडोरको ९० प्रतिशत काम सम्पन्न

banner single news

काठमाडौं, वैशाख २८

काठमाडौं, धोबीखोला करिडोरको ९० प्रतिशत काम सकिएको छ । काठमाडौं उपत्यकाको जाम हटाउने लक्ष्यसहित बनाउन सुरु गरिएको करिडोरको अधिकांश काम सकिएको हो ।

आयोजना प्रमुख दिनेश पोतेले करिडोरको काम १० प्रतिशतमात्र बाँकी रहेको जानकारी दिए । उनले अब बाँकी रहेको काम सक्नलाई ३० करोड रुपैयाँ आवश्यक पर्ने समेत बताए ।

Inside Article Ads

आगामी आर्थिक वर्षमा सरकारले करिडोरलाई बजेट छुट्टयाएमा सबै काम समयमै सकिने पोतेको भनाई छ । झण्डै ११ वर्षअघि सुरु भएको करिडोरको काममा हालसम्म तीन अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ ।

साढे ४ अर्ब रुपैयाँ लागतको यो आयोजनामा हालसम्म २३ किलोमिटर सडक र तीन किलोमिटर ढल व्यवस्थापन तथा १८ किलोमिटर सडक कालोपत्रे भएको छ ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.