Fast Nepal News

चिलिमे जलविद्युतले कमायो ५१ करोडभन्दा बढी नाफा

banner single news

काठमाडौं, वैशाख २८

काठमाडौं, चिलिमे जलविद्युत कम्पनीले चालू आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमासमा ५१ करोड ५४ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको यही अवधिमा आर्जन गरेको नाफाको तुलनामा दुई प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा कम्पनीले ५२ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको यस वर्ष विद्युत बिक्री आम्दानी पनि ०.५८ प्रतिशतले घटेको छ । गत वर्ष ८० करोड ३७ लाखको विद्युत बिक्री गरेको चिलिमेले यस वर्ष ८० करोड १२ लाख रुपैयाँको बिक्री गरेको छ ।

Inside Article Ads

गत वर्ष ५६ करोड १५ लाख रुपैयाँ सञ्चालन नाफा गरेकोमा यस वर्ष ५५ करोड १८ लाख रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको छ । कुल सम्पत्ति रू। १० अर्ब ४३ करोड ४४ लाख ९३ हजार रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १० दशमलव ८३ रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १५८ दशमलव ४७ रुपैयाँ रहेको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.