Fast Nepal News

निषेधाज्ञाले तरकारीको माग घटेपछि मूल्य पनि घट्दै

banner single news

काठमाडौं, वैशाख २६

काठमाडौं, नेपालमा कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा तरकारीको मूल्य घटेको छ । सरकारले वैशाख १६ गतेदेखि संक्रमणलाई तीव्ररुपमा फैलनबाट रोक्न उपत्यकामा समेत निषेधाज्ञा लगाएको थियो ।

निषेधाज्ञको केही दिनसम्म तरकारीको भाउ उच्च कायम भयो । मागअनुसारको पर्याप्त आपूर्ति हुँदा पनि व्यापारीले तरकारीको मूल्य अचाक्लि वृद्धि गराएका थिए ।

तर, विस्तारै आपूर्ति बढी र माग कम हुन थालेपछि तरकारीको मूल्य ओरालो लाग्न थालेको छ । कालीमाटी फलफुल तथा तरकारी बजारका अनुसार पछिल्लो समय निरन्तर तरकारीको मूल्य घट्न थालेको हो ।

उपत्यकामा बसोबास गर्दै आएका मानिसहरु निषेधाज्ञामा आफ्नो गृहजिल्ला गएपछि उपत्यकाको जनसंख्या नै घटेको छ । जसकारण, यतिबेला बजारमा तरकारीको आपूर्तिअनुसार माग छैन ।

Inside Article Ads

निषेधाज्ञाको समयमा दैनिक साढे ९ सय टन तरकारी उपत्यका भित्रिए पनि अहिले दैनिक ६ सय टनमा आइपुगेको छ । बजार विकास समितिका अनुसार दुई साता अघि होलसेलमै प्रतिकिलो १३५ रुपैयाँ पर्ने बोडी अहिले ३७ रुपैयाँमा झरेको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो १५५ बाट झरेर ९५, घिउ सिमि १३० बाट प्रतिकिलो २८ रुपैयाँमा आएको छ । परबर प्रतिकिलो ३५, प्याज प्रतिकिलो ३७, हरियो फर्सी २७, बरेला प्रतिकिलो ७५ मा आइपुगेको छ ।

यसैगरी, निषेधाज्ञाको समयमा माग घटेपछि अन्य तरकारीको मूल्य पनि ओरालो लागेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले बताएको छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.