Fast Nepal News

निर्माण सामाग्रीमा चर्को मूल्यवृघि, महासंघले गरायो ध्यानाकर्षण

banner single news

काठमाडौं, वैशाख २३

काठमाडौं, निषेधाज्ञाको फाइदा उठाउँदै उद्योगीले निर्माण सामाग्रीको मूल्य वृद्धि गराएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले निषेधाज्ञाको समयमा निर्माण सामाग्रीको मूल्य अचाक्लि बढेको जानकारी दिएको छ।

महासंघका महासचिव रोशन दाहालले ढुवानी बढेको र उत्पादन लागत बढेको बाहानामा उद्योगीले निर्माण सामाग्रीको मूल्यवृद्धि गराएको बताए । यसैगरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको निर्णयअनुसार निर्माणका काम गर्न कामदार डराएको महासंघले बताएको छ ।

Inside Article Ads

सीसीएमसीले विकास निर्माणका आयोजनाहरूले आवासीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गर्दै काम अगाडी बढाउन भनेको थियो ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.