Fast Nepal News

कोभिडको दोस्रो लहरले आर्थिक गतिविधि चूनौतीपूर्ण – अर्थमन्त्री पौडेल

banner single news

काठमाडौं, वैशाख २३

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक गतिविधि चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थमन्त्री पौडेलले दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको अवरोधको सामना गर्नु परेको बताए ।

उनले दक्षिण एसियाली क्षेत्रिए सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । भने, ‘अर्थतन्त्रका गतिविधिलाई कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्नका बावजुत निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपुर्ण बनेका छन् ।’

आर्थिक पुनरुत्थान प्रकृयाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड –१९ को दोस्रो लहरबाट निक्कै ठूलो धक्का पुर्याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले पर्यटन, अन्य सेवाहरु र उत्पादन क्षेत्रमा गम्भिर असर पुगेको बताए ।

Inside Article Ads

’कोभिडको प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारी कटौती र व्यवसायमा ह्रास तथा आपूर्तिमा शिथिलतामा प्रतिविम्बित गर्छ’, उनले भने, ‘मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरुमा चुनौती थपिदिएको छ।’

महामारीले स्वास्थ, शिक्षा र मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रताडित बनाईरहेको बताउँदै उनले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी एक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताए ।

अर्थमन्त्री पौडेलले जनस्वास्थमा आएको यस्तो संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा बस्तुको रुपमा लिनुपर्ने बताउँदै खोपको आपूर्तिमा सबै देशले सहजरुपमा पहुँच कायम गर्न सक्ने स्थिती सुनिश्चित गर्नुपर्ने बताए ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.