Fast Nepal News

खाद्य कम्पनीसँग २९ हजार मेट्रिक टन खाद्यान्न मौज्दात, ५ हजार टन चामल थप्दै

banner single news

काठमाडौं, वैशाख २२

काठमाडौं, खाद्यान्न मौज्दात राखेर महामारीको र अभावको समयमा उपभोक्तालाई आडभसोर दिलाउने खाद्य व्यवस्था तथा व्यापार कम्पनी हो । सरकारी खाद्य कम्पनीले आफ्नो गोदामको पूर्ण क्षमताअनुसार खाद्यान्न मौज्दात राख्ने गर्छ ।

कोरोना महामारीको दोस्रो लहरमा पनि कम्पनीले देशभर खाद्यान्नको स्टक राखेको जानकारी दिएको छ । कम्पनीले उपत्यका र उपत्यका बाहिरका गोदाममा खाद्यान्न स्टक राख्दै आएको छ ।

कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सवेदीले हाल कम्पनीसँग देशभर गरेर २९ हजार मेट्रिकटनभन्दा बढी खाद्यान्न स्टक रहेको बताइन् । उनले भनिन्, ‘हामीसँग प्रसस्त मात्रामा खाद्यान्न स्टक छ । थप पाँच हजार मेट्रिक टन चामल किन्ने प्रक्रिया सुरु भइसकेको छ ।’

कम्पनीसँग यतिबेला १० हजार क्विन्टल चामल, १७ हजार क्विन्टल धान र १ हजार क्विन्टल गहुँ स्टक छ । यसले महामारीको समयमा उपभोक्तालाई खाद्यान्न अभाव हुँदैन भनेर सन्देश दिने सुवेदीले बताईन ।

यसैगरी, सरकारी कम्पनीले सस्तोमा अत्यावश्यक खाद्यान्नको व्यापार गरेपछि बजारको मूल्यवृद्धि समेत नियन्त्रणमा आउने उनको भनाई छ ।

हाल कम्पनीले थापाथली र लख्खुबाट विहान ७ देखि बेलुका ७ बजेसम्म खाद्यान्न बेच्दै आएको छ । यसैगरी, रामशाहपथ र भक्तपुरको सूर्यविनायकबाट विहान ७ देखि ११ बजेसम्म बेच्दै आएको छ।

 

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.