Fast Nepal News

बैंक सञ्चालनमा कडाई, २० प्रतिशतभन्दा बढी कर्मचारी बोलाउन नपाइने

banner single news

काठमाडौं, वैशाख २०

काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संञ्चालनमा कडाई गरेको छ । केन्द्रीय बैंकले आइतबार सात बुँदे निर्देशन जारी गर्दै बैंकका शाखा सञ्चालनमा कडाई गरेको हो ।

नयाँ निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय कार्यालयमा २० प्रतिशतभन्दा बढी कर्मचारी बोलाउन पाउँदैनन् । अर्थात कुनै बैंकको केन्द्रीय कार्यालयमा सामान्य अवस्थामा एक सय जना कर्मचारी थिए भने अहिलेको अवस्थामा जम्मा २० जना बोलाउन पाइन्छ ।

यसैगरी, बैंक तथा वित्तीय संस्थको शाखा कार्यालयमा २५ प्रतिशतभन्दा बढी कर्मचारी बोलाउन नपाउने राष्ट्र बैंकको निर्देशनले व्यवस्था गरेको छ ।

Inside Article Ads

यसका साथै, बैंकहरुले आफ्ना सबै शाखा कार्यालय सञ्चालनमा समेत ल्याउनुपर्ने भएको छ । नजिकै रहेका दुई शाखामध्ये एउटालाई बन्द गरेर पालैपालो शाखा सञ्चालनमा ल्याउन केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

यसैगरी, प्रविधिको उच्चतम प्रयोग गरेर अत्यावश्यक काम बाहेकका सबै काममा सेवाग्राही कार्यालयसम्म आउन नपर्ने व्यव्था गर्न र सम्पर्क व्यक्तीको नम्बर सेवाग्राहीलाई सहजै उपलब्ध गराउनुपर्ने भएको छ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.