Fast Nepal News

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

banner single news

काठमाडौं, वैशाख २०

काठमाडौं,  नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९० हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । आइतबार पनि सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

Inside Article Ads

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर १३०० पुगेको महासंघले जनाएको छ ।

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.