Fast Nepal News

सीईडीबी हाइड्रोको आईपीओ आजदेखि बिक्री खुल्यो

banner single news

काठमाडौं, वैशाख १७

काठमाडौं,  सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

कुल आईपीओको २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कम्पनीका कर्मचारीर्ला छुट्टयाइएको छ । यसैगरी, ५ प्रतिशत हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फण्डलाई छट्टयाएको छ ।

बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि छुट्टयाएको कम्पनीले बताएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयर बिक्री खुला गरेको हो ।

आईपीओमा सर्वसाधारणले यही वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.