Fast Nepal News

डिजिटल कारोबार गरेर बैंकमा भिडभाड नगर्न बैंकर्स संघको अनुरोध

banner single news

काठमाडौं, वैशाख १६

काठमाडौं, नेपाल बैंकर्स संघले निषेधाज्ञाको समयमा सकेसम्म डिजिटलमाध्यमबाट कारोबार गर्न अनुरोध गरेको छ । संघले एक सूचना जारी गर्दैै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिरहेको समयमा सकेसम्म नगद कारोबार नगर्न भनेको हो ।

कोभिड–१९ को जोखिमबाट बच्नलाई मोबाइल बैंकिङ र डिजिटल वालेटहरुको प्रयोग गर्त संघको आग्रह छ । यसो गरेमा बैंकका कर्मचारी र सेवाग्राहीमा संक्रमणको जोखिम कम हुने संघले बताएको छ ।

निषेधाज्ञाको समयमा बैंकका शाखा सञ्चालन हुने भएपनि अत्यावश्यक काम नपरी नआउन भनिएको छ । यसैगरी, एटीएम बुथहरु खुलै रहने भएकले पैसा झिक्नलाई बैंकसम्म नआउन पनि संघले आग्रह गरेको छ

Inside Article Ads

आफ्नो बैंक खातामा कुनै समस्या आएमा फोनमार्फत सम्पर्क गर्न समेत संघले आग्रह गरेको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.