Fast Nepal News

संक्रमण रोक्दै अर्थतन्त्र चलायमान बनाउनुपर्छ – महासंघ

banner single news

काठमाडौं, वैशाख १५

काठमाडौं,  नेपाल उद्योग वाणिज्य महासंघले सरकार, निजी क्षेत्रसहित आम जनता सवैको अहिलेको प्रमुख दायित्व फेरि पनि संक्रमणलाई पैmलिन नदिइ अर्थतन्त्रलाई चलायमान बनाउनु भएको बताएको छ।

जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले चालेका सवै प्रयासमा सदाझै सहयोग गर्ने निजी क्षेत्रको प्रतिवद्धता रहेको बताउँदै महासंघले अर्थतन्त्र पनि चलायमान बनाउनुपर्ने बताएको हो।

निशेधाज्ञाका समयमा आम जनताको दैनिकजीवन यापन सहज बनाउन, उनीहरूको दैनिक आवश्यकता पुरा गर्न, अत्यावश्यक खाद्यान्न लगायत स्वास्थ्य सामग्रीहरूको बजारमा सहज आपूर्तिमा निजी क्षेत्र सरकारसँगै रहेको महासंघले बताएको छ ।

अतः उच्चतम स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपायहरू अलवम्वन गरी निशेधाज्ञाको समयमा पनि रोजगार रोजगारी नगुम्ने र आर्थिक गतिविधि संचालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक छ ।

यस्तो अवस्थामा आर्थिक महत्व बोकेका ठूला परियोजनाहरूको निरन्तर संचालनको सुनिश्चितता, उद्योग कलकारखानाहरूको संचालन आवश्यक छ ।

उत्पादित सामानहरूको सहज आपूर्ति, ढुवानी, बिक्री वितरण, कच्चा पदार्थको आयातमा सहजतासहित उद्योग व्यवसाय संचालनका लागि आवश्यक कामदार कर्मचारीहरूको आवतजावतलाई सहज बनाउन महासंघ सरकारसंग अनुरोध गर्दछ ।

यसैगरि निषेधाज्ञाका कारण रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई राहतको व्यवस्था गर्न पनि महासंघ सरकारसंग आग्रह गर्दछ । रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता योजनामा संलग्न गराई कामसंगै राहत उपलब्ध गराउन सकिने महासंघको धारणा छ ।

यसैगरि लघु घरेलु एवं साना तथा मझौला उद्योगका लागि गत बर्ष घोषणा भएको राहतको निरन्तरतासंगै नयाँ लहरबाट सिर्जना हुने समस्या समाधानका लागि थप राहतका कार्यक्रम अहिले नै घोषणा गर्न महासंघ सरकारसमक्ष अनुरोध गर्दछ ।

Inside Article Ads

यस संकटको घडिमा आम व्यवसायीले गत बर्षदेखि आपूर्ति व्यवस्था अवरुद्ध हुन नदिइ दिन रात सेवा प्रदान गरेकामा महासंघ सम्पूर्ण निजी क्षेत्रप्रति आभार व्यक्त गरेको छ ।

फ्रन्टलाइनमा बसेर सेवा र वस्तु उपलब्ध गराउने व्यवसायीलाई प्राथमिकतामा राखि खोप उपलब्ध गराउन पनि महासंघ सरकारसंग आग्रह गर्दछ । व्यवसाय संचालन गर्दा सम्पूर्ण स्वस्थ्य सतर्कता अपनाउन आम व्यवसायीहरूसमक्ष महासंघ अपिल गर्दछ ।
विगतमा भैm यसपटक पनि संकटको बेलामा अनावश्यक संचिति र मूल्य वृद्धि नगरि आम सर्वसाधारणलाई सेवा प्रदान गर्न पनि महासंघ सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गर्दछ ।

यसैगरि आवश्यक सामाग्रीहरूको आपूर्ति एवं वितरणका लागि उद्यमी व्यवसायीहरू निरन्तर क्रियाशील रहेको जानकारी गराउदै महासंघ आम उपभोक्ताहरूलाई पनि अनावश्यक संचिति नगरिदिन हुन पनि अपिल गर्दछ ।

सरकार निजी क्षेत्र र आम जनता एकजुट भएमा जोखिम कम गरि फेरि छिट्टै नै सहज अवस्थामा आप्mना दैनिक काम गर्न सकिने महासंघको विश्वास छ ।

संक्रमण पैmलिन नदिन र विरामीहरूको उपचारका लागि अस्थायी आइसोलेसन, क्वारिन्टीन र अस्पताल समेतको आवश्यकता पर्ने देखिएको छ ।

यसमा केन्द्र प्रदेशसंग स्थानिय तह पनि उत्तिकै संवेदनशील भई संक्रमण पैmलिन नदिन र उपचार सेवा उपलब्ध गराउन तत्पर रहनुपर्ने देखिन्छ ।

संकटको यस घडिमा नेपाल उद्योग बाणिज्य महासंघ सरकार एवं आम उपभोक्ताको साथमा रहेको प्रतिवद्धता जनाउदै आवश्यक सहयोग र सहकार्यका लागि सदा तत्पर रहेको जानकारी पनि गराउन चाहन्छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.