Fast Nepal News

नेपाल एयरलाइन्स टिकेटमा क्यूआर कोड सुरु

banner single news

काठमाडौं, वैशाख  १४

काठमाडौं, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल बैंक लिमिटेडको सहकार्यमा टिकेटको डिजिटल भुक्तानी क्यूआर स्क्यान मा सुरु गरेकाे छ ।निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रूपमा सो कार्यको थालनी गरे ।

त्यस अवसरमा महाप्रबन्धक पौडेलले बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन् बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरू जोड्दै जाने बताए ।यसैबीच ग्लोबल आईएमई बैंकको गाइघाट शाखाले सिटी सफारी यातायातबाट सञ्चालित अटो रिक्सा चालकलाई क्यूआर कोड वितरण गरेको छ ।

Inside Article Ads

पछिल्लो समय नेपाल राष्ट्र बैंकले क्यूआर भुक्तानी मालाई प्रोत्साहन गरिरहेको छ । यसअनूरुप देशका विभिन्न सेवा र व्यापारिक ठाउँमा यसको प्रयोग बढेको छ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.