Fast Nepal News

कृषिमा थप पाँच अर्बको बजेट माग

banner single news

काठमाडौं – बैशाख १०

काठमाडौं, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिका लागि थप पाँच अर्ब रुपियाँ बजेट माग गरेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८र७९ का लागि कृषिमा ३६ अर्ब २३ करोड ५१ लाख रुपियाँबराबरको सिलिङ तोकेको छ।

तोकिएको सिलिङ्गअनुसार बजेट कम भयो भन्दै कृषि मन्त्रालयले बजेट थप्नुपर्ने माग अर्थ मन्त्रालयसँग गरेको छ । कृषि मन्त्रालयका सचिव डा। योगेन्द्र कार्कीले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा पनि कम बजेट दिने तयारी भएकाले बजेट थप गर्न माग गरेको बताए । उनले भने, “कृषिको समग्र विकासका लागि भने बजेट थप्नु आवश्यक छ । सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेकाले बजेट थपिने विषयमा विश्वस्त छौँ।”

Inside Article Ads

कृषि विकास बैङ्कलाई समेत गरी चालू आर्थिक वर्षका लागि ४१ अर्ब ४० करोड रुपियाँ विनियोजन गरेको थियो । कृषि विकास बैङ्कको बजेट चार अर्ब रुपियाँ रहेको छ । चार अर्ब बैङ्कलाई दिएपछि कृषिका लागि ३७ अर्ब ४० करोड रुपियाँ अर्थ मन्त्रालयले खर्च गरिरहेको छ । गोरखापत्र दैनिकबाट

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.